arthik abhiyan
ad banner

तेलको भाउ बढ्यो 

Sep 10, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

लन्डन (बेलायत) । साउदी अरेबियाका नयाँ ऊर्जामन्त्रीले सोमवार तेल उत्पादन कटौती जारी राख्ने प्रतिबद्धता व्यक्त गरेसँगै विश्वबजारमा तेलको भाउ बढेको छ । साउदीका नयाँ ऊर्जामन्त्री अब्दुल्लाजिज बिन सलमानले मुलुकको तेल नीतिमा ठूलो परिवर्तन ल्याउने घोषणा गरेसँगै तेलको मूल्य वृद्धि भएको हो । आइतवार खालिद अल–फलिहलाई विस्थापित गर्दै युवराज अब्दुल्लाजिज ऊर्जामन्त्री बनेका हुन् । 

यो समाचार तयार पार्दासम्म सोमवार बेलुका साढे ८ बजे ब्रेन्ट क्रुडको भाउ अघिल्लो दिनको तुलनामा प्रतिब्यारेल ७४ सेन्ट अर्थात् १ दशमलव २ प्रतिशत बढेर ६२ डलर २८ सेन्टमा पुगेको छ । त्यस्तै यूएस क्रुडको भाउ पनि प्रतिब्यारेल १ डलर ६ सेन्ट बढेर ५७ डलर ५८ सेन्टमा पुगेको छ । अब्दुल्लाजिजले तेल उत्पादनमा कटौतीको नीति परिवर्तन नहुने बताएका हुन् । उनले पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक) र उसका सहयोगी मुलुकको सहकार्य लामो समयसम्म जारी रहने विश्वास व्यक्त गरे । उनले तेलको भाउको विषयमा भने कुनै प्रतिक्रिया दिएका छैनन् । 

गत अगस्टमा रुसको तेल उत्पादन यसअघिको सम्झौताभन्दा बढी देखिएको थियो । साथै यो महीनामा ओपेकको तेल उत्पादन यस वर्षकै पहिलोपटक बढेको थियो । इराक र नाइजेरियाको तेल उत्पादन उल्लेख्य बढेसँगै समग्र ओपेकको उत्पादन बढेको हो । इरानको तेलमाथि अमेरिकी प्रतिबन्धपछि देखिएको तेल अभाव पूर्तिका लागि इराक र नाइजेरियाले तेल आपूर्ति बढाएका हुन् । बिहीवार संयुक्त अरब इमिरेट्सको आबुधाबीमा ओपेक तथा उसका सहयोगी मुलुकको बैठक बस्ने कार्यक्रम छ । यो बैठकले तेलबारे केही महŒवपूर्ण निर्णय गर्नसक्ने अपेक्षा गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्