arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राजस्व चुहावटको अभियोगमा मुद्दा दायर

Sep 10, 2019  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । राजस्व अनुसन्धान विभागले बाँके जिल्लाको नेपालगंज उपमहानगपालिका १ स्थित नेपाल पान मसला उद्योगका प्रोप्राइटर कुतबुद्दिन शेष विरुद्ध राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

उक्त अभियोगमा उद्योगका प्रोपाइटर  विरुद्ध रू.७ करोड ५२ लाख विगो कायम गरी बाँके जिल्ला अदालतमा सोमवार मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले बताएको छ । 

उद्योगबाट बढीमात्रामा सुर्तीजन्य गुट्खा उत्पादन गरी स्टिकर नलगाएर विक्री वितरण गरेको तथा प्रचलित कानूनअनुसार अन्तःशुल्क स्टिकर नटाँसेको,विभिन्न आर्थिक  वर्षको खरीद खाता, विक्री खाता, उत्पादन खाता, अन्तःशुल्क स्टिकरको विवरण, बैंक खाता विवरण, विद्युत् खपतको विवरण दुरुस्त नगरिएको छानविनको क्रममा भेटिएको भन्दै विगो माग दावी सहित विभागले मुद्दा दायर गरेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्