arthik abhiyan
ad banner

बैंकको रकम हिनामिना गरेको आरोपमा थप दुई पक्राउ    

Sep 10, 2019 
प्रदेश ०५
Image Not Found

भदौ २४, घोराही । दाङको घोराही–१० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै रू. १८ करोड रकम हिनामिना गरेको आशंकामा जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई मंगलवार पक्राउ गरेको छ ।     
बैंकको रकम हिनामिनामा मुछिएको पाइएपछि बैंकका दुई जना कर्मचारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताए । 

पक्राउ परेका कर्मचारीको परिचय भने खुलाइएको छैन । प्रहरीले बैंकको रकम हिनामिना गरेको आरोपमा प्रहरीले यसअघि नै बैंकका प्रबन्धक समी बुढाथोकीसहित १२ जनालाई पक्राउ गरेको थियो । 

तीमध्ये चार जना छुटिसकेका छन् भने अरु प्रहरीकै हिरासतमै छन् । अहिले बैंकको नारायणपुर शाखाको सम्पूर्ण कारोबार बन्द रहेको छ ।  रासस 

यो पनि हेर्नुहोस्

करीब १८ करोड हिनामिना गर्ने शाखा प्रबन्धक पक्राउ

प्रतिक्रिया दिनुहोस्