arthik abhiyan
ad banner

जिल्ला अदालतमा एनआईसीको एक्स्टेन्शन र एटीएम 

Sep 11, 2019 
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । एनआईसी एशिया बैंक र ललितपुर जिल्ला अदालत लगनखेल, ललितपुरबीच ललितपुर महानगरपालिका वडा नं १५ लगनखेलस्थित ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्शन काउन्टर र एटीएम मेशिन सञ्चालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र ललितपुर जिल्ला अदालत लगनखेलका स्रेस्तादार नगेन्द्रकुमार कालाखेतीले हस्ताक्षर गरेका हुन् । ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्शन काउन्टर र एटीएम मेशिन सञ्चालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकले बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्