ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनसीसी बैंकको साधारणसभा सम्पन्न

Sep 11, 2019  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । नेपाल क्रेडिट एन्ड कमर्श बैंकको २० र २१ औं वार्षिक साधारणसभा सोमवार गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा भएको साधारणसभाले विशेष र साधारण प्रस्तावहरू पारित गरेको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्ता पूँजीको १५ दशमलव ८९ प्रतिशत बोनस र उक्त बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूँजीको शून्य दशमलव ८३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । तर, समितिको संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ जना महिलासहित ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्तावमाथि कुनै निर्णय नभएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्