arthik abhiyan
ad banner

सिटिजन्स बैंकद्वारा महानगरीय प्रहरीलाई मोटरसाइकल सहयोग 

Sep 11, 2019 
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान मोटरसाइकल सहयोग गरेको छ । महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजित एक कार्यक्रमबीच सिटिजन्स बैंक इन्टरनेशनलले समुदाय—प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत उक्त मोटरसाइकल सहयोग गरेको हो । ललितपुरमा कार्यरत प्रहरी कर्मचारीले जनमैत्री प्रहरी सेवा प्रदान गरी समग्र जिल्लामा शान्ति सुरक्षा कायम होस् भनी उक्त सहयोग गरेको बैंकले उल्लेख गरेको छ । बैंकले ३ थान यामाहा एफजेड मोटरसाइकल तथा साँचो हस्तान्तरण गरेको हो । 

बैंकले यस सहयोगबाट ‘प्रहरी मेरो साथी’ भन्ने भावना अभिवृद्धि हुने बताएको छ । बैंकले आगामी दिनमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्