arthik abhiyan
ad banner

रावा बैंक र किस्ट टिचिङ हस्पिटलबीच सम्झौता 

Sep 11, 2019 
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । राष्ट्रिय वाणिज्य बैंक र किस्ट टिचिङ हस्पिटलबीच बैंकका ग्राहक, कर्मचारी तथा तिनका आश्रित परिवारलाई हस्पिटल सेवामा १५ प्रतिशतसम्म छूट दिने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किस्ट टिचिङ हस्पिटलका कार्यकारी अध्यक्ष आशिष थापाले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार उक्त बैंकका ग्राहक, कर्मचारी तथा तिनका आश्रितले आउटसोर्स बाहेकको हस्पिटल सेवा शुल्कमा १५ प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छूट १ वर्षसम्म पाउनेछन् । सम्झौता कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, केशवप्रसाद लम्साल, विभागीय प्रमुख पवन रेग्मी र उक्त हस्पिटलका पदाधिकारीहरू उपस्थित थिए । 

प्रतिक्रिया दिनुहोस्