arthik abhiyan
ad banner

ज्योति विकास र सिप्रदीबीच सम्झौता

Sep 11, 2019 
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । ज्योति विकास बैंक र सिप्रदीअन्तर्गतको सिप्रदी अर्थ मुभर्सबीच मंगलवार कर्जा सम्झौता भएको छ । सम्झौता अनुसार अर्थ मुभर्सबाट सिफारिश पाएका ग्राहकले टाटा हिटाची गाडी खरीदका लागि ज्योति विकास बैंकबाट ७० प्रतिशतसम्म कर्जा पाउनेछन् । सम्झौतामा बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा सिप्रदी अर्थ मुभर्सका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक राजेन्द्र कार्कीले हस्ताक्षर गरेका छन् । 

सम्झौतापश्चात् ग्राहकलाई कर्जा लिन सहज हुने बताइएको छ । ज्योति विकास र सिप्रदीले अन्य कार्यमा पनि सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । बैंकका देशभरका १०२ ओटै शाखाबाट उक्त कर्जा सेवा लिन सकिन्छ । हाल ज्योति विकासका देशभर १०२ शाखा, १ एक्स्टेन्शन तथा ४१ ओटा एटीएम सञ्चालनमा छन् । 

प्रतिक्रिया दिनुहोस्