arthik abhiyan
ad banner

महिला उद्यमीले कोसेली महोत्सव गर्ने

Sep 11, 2019 
बजार
Image Not Found

 विराटनगर (अस) । विराटनगरमा प्रदेशस्तरीय कोसेली महोत्सव आयोजना हुने भएको छ । उद्योग संगठन मोरङ महिला उद्यम समिति र नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको आयोजनामा यही असोज १० देखि १४ गतेसम्म स्थानीय जैन भवनमा महोत्सव गर्न लागिएको हो । ‘राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौं, स्वदेशी उत्पादनको प्रयोग गरौं’ भन्ने मूल नाराका साथ महोत्सव गर्ने तयारी गरेको उद्योग संगठनले मंगलवार जानकारी दिएको छ । महोत्सवको सहआयोजकमा प्रदेश नं. १ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र विराटनगर महानगरपालिका छन् । त्यस्तै, मुख्य प्रायोजक सेन्चुरी मसला र सृजना फाइनान्सले गर्ने भएका छन् । 

महोत्सवको उद्देश्य घरेलु तथा कुटिर उद्योगद्वारा उत्पादित वस्तुको व्यापार प्रवद्र्धन, महिलाद्वारा सञ्चालित उद्योगबाट उत्पादित वस्तुको बजार पहुँच, नयाँ उत्पादनबारे जानकारी, उत्पादक र उपभोक्ताबीच सम्बन्ध विस्तार, अग्र्यानिक वस्तुको उत्पादन र उपभोगमा जोड लगायत रहेको आयोजकले बताएको छ । महोत्सवमा औद्योगिक उत्पादन, हस्तकलाका सामग्री, जुत्ताचप्पल, ढाका तथा ऊनीका कपडा, आग्र्यानिक खाद्यवस्तु, शृंगारका साधन, घरायसी सामग्री र विभिन्न खानाका परिकार प्रदर्शनी तथा विक्रीमा राखिनेछन् । महोत्सवबाट उत्पादनको व्यापार प्रवद्र्धन तथा सूचना प्रवाहमा सहयोग र नयाँ उत्पादनबारे जानकारी हुने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । महोत्सवमा जम्मा ११२ ओटा स्टल रहनेछन् । महोत्सव संयोजक गिरिजा सारडाले महिला उद्यमीको उद्यमशीलता प्रवद्र्धन महोत्सवको प्रमुख उद्देश्य भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्