arthik abhiyan
ad banner

सृजना फाइनान्सको सहयोग विद्यालयलाई

Sep 11, 2019 
बजार
Image Not Found

विराटनगर (अस) । सृजना फाइनान्सले मोरङको उर्लाबारी – ८ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जस्तापाता सहयोग गरेको छ । फाइनान्सले कक्षा ११ को व्यवस्थापन संकाय र विज्ञान प्रयोगशालाको भवनमा आवश्यक जस्तापाता सहयोग गरेको हो । प्रदेशसभा सांसद कुलप्रसाद साँवाको प्रमुख आतिथ्यमा भएको प्रयोगशाला उद्घाटनमा सृजना फाइनान्सका सञ्चालक सुवास आचार्य, पथरी शाखाका प्रबन्धक सीताराम दराल, शिक्षक÷शिक्षिका, विद्यार्थी र स्थानीय उपस्थित थिए । 

फाइनान्सका सञ्चालक आचार्यले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, वित्तीय साक्षरता जस्ता कार्यक्रममा फाइनान्सले सहयोग गरिरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्