arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दक्ष व्यावसायिक जनशक्ति विकासमा जोड

Sep 11, 2019  
बजार
Image Not Found

काठमाडौं (अस) । राजधानीको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज)मा सञ्चालित एकवर्षे टेफ कोर्ष समापनका अवसरमा विज्ञहरूले नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्राविधिक तथा व्यावसायिक शिक्षा आवश्यक रहेको बताएका छन् । उनीहरूले नेपालले आर्थिक उन्नति हासिल गर्न दक्ष जनशक्ति विकासमा जोड दिनुपर्ने उल्लेख गरे । 

अस्ट्रेलियाको व्यावसायिक शिक्षा प्रदायक टेफ/एनएसडब्ल्यूबाट मान्यताप्राप्त एकवर्षे कल्नरी कोर्ष विगत केही वर्षदेखि गेट कलेजले सञ्चालन गर्दै आएको छ । कार्यक्रममा नेपालस्थित अस्ट्रेलियाका निमित्त राजदूत (हेड अफ दि मिसन) ग्राहम मर्फीले नेपालमै अस्ट्रेलियाको मान्यता प्राप्त व्यावसायिक शिक्षा प्रदान भइरहेकोमा खुशी व्यक्त गर्दै व्यावसायिक शिक्षाको माग सबैतिर बढेको बताए । 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकास प्राविधिक तथा व्यावसायिक शिक्षा लिएका जनशक्तिले गर्न सक्ने धारणा राखे । कार्यक्रममा गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईले कलेजले विगत एक दशकभन्दा लामो समयदेखि दक्ष जनशक्ति विकासका लागि पहल गर्दै आएको बताउँदै नेपालमा बढ्दो पर्यटन उद्योगको सम्भावना हेर्दा अझै धेरै जनशक्ति आवश्यक हुने उल्लेख गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्