arthik abhiyan
ad banner

पर्यटन बोर्डद्वारा ‘फोटोनेपाल डट ट्राभल’ वेबसाइट सञ्चालनमा

Sep 11, 2019 
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल पर्यटन बोर्डले फोटोमार्फत नेपाल चिनाउने उद्देश्यले ‘फोटोनेपाल डट ट्राभल’ नामक वेबसाइट सञ्चालनमा ल्याएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलवार उक्त वेबसाइटको शुभारम्भ गरे । 

मन्त्री भट्टराईले भ्रमण वर्षको तयारीलाई फोटोनेपाल डट ट्राभलले सहयोग पुग्ने बताए । नेपालको विविधतालाई फोटोमार्फत विश्वभर फैलाउन यो वेबसाइटबाट सहयोग पुग्ने उल्लेख गर्दै उनले यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताए । 

नेपाल पर्यटन बोर्डले विगत चार वर्षदेखि नियमित फोटोनेपाल प्रदर्शनीको आयोजना गरिरहेकोमा वेबसाइट शुरू भएसँगै बोर्डको अभियान अर्को चरणमा प्रवेश गरेको बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए । उनले फोटोग्राफरका लागि यो वेबसाइट आफ्नो तस्वीर प्रदर्शन गर्ने राम्रो प्लेटफर्म हुने बताए । 

बोर्डका अनुसार यसबाट फोटो देखाउन र प्रतिक्रिया लिन सहज हुनेछ । वेबसाइटमा भएको सर्च फिचर प्रयोग गरेर आफूले चाहेको फोटो खोज्न तथा फोटोलाई सामाजिक सञ्जालमा शेयर गर्न सकिने बोर्डका बरिष्ठ अधिकृत सुदन सुवेदीले जानकारी दिए । बोर्डका अनुसार साइटमा रहेका कुनै पनि कन्टेन्ट तुरुन्तै उपलब्ध हुने र प्रयोगकर्ता तथा फोटोको आवश्यकता भएका व्यक्तिबीच सीधै सम्बन्ध स्थापित हुनेछ ।  यो वेबसाइट दैनिक ५ हजारभन्दा बढीले हेर्न सक्छन् भने दैनिक साइनअप ५० प्लस छ । अहिले वेबसाइटमा १ हजार फोटा रहेको बोर्डले जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस्