arthik abhiyan
ad banner

मध्यावधि निर्वाचन गराउने प्रधानमन्त्री जोन्सनको प्रयास विफल

Sep 11, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

लन्डन (बेलायत) । संसद्को कार्यावधि बाँकी हुँदै मध्यावधि निर्वाचन गराउने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको प्रस्ताव दोस्रोपटक पनि अस्वीकृत भएको छ ।  

ब्रेक्जिटको वर्तमान गतिरोध अन्त्यका लागि मध्यावधि निर्वाचन नै एकमात्र विकल्प रहेको भन्दै जोन्सनले संसद्मा मतदानका लागि प्रस्ताव गरेका थिए । सरकारले प्रस्तुत गरेको प्रस्तावको पक्षमा २९३ जना सांसदले मतदान गरेका थिए । हाउस अफ कमन्सका ६५० सदस्यमा उक्त प्रस्ताव पारित हुन कम्तीमा ४०० सांसदले पक्षमा मतदान गर्नु आवश्यक थियो ।

संसद् निलम्बन गर्नुअघि संसद्मा भएको बहसमा विना कुनै सहमति यूरोपेली संघबाट बाहिरिने बेलायतको योजनालाई रोक्ने कानूनी प्रावधानलाई सरकारले कार्यान्वयनमा ल्याउनुपर्ने माग विपक्षी दलका सांसदले गरेका थिए । जोन्सनले आगामी अक्टोबर ३१ तारिखमा यूरोपेली संघबाट विनासम्झौता बाहिरिने शर्त राख्नु भएको थियो । रासस/सिन्हवा
 

प्रतिक्रिया दिनुहोस्