arthik abhiyan
ad banner

चाडपर्वमा विशेष छूट दिन आग्रह

Sep 11, 2019 
प्रदेश ०६
NA

सुर्खेत (अस) । सुर्खेत उद्योग वाणिज्य संघले दशैं, तिहार र छठ पर्वको अवसरमा ग्राहकलाई विशेष छूट दिन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्रका तर्फबाट चाडपर्व लक्षित गरेर वस्तुको विक्रीमा छूट दिन मंगलवार बसेको संघको बैठकले आग्रह गरेको हो । 

चाडपर्वमा उपभोक्तालाई राहत दिन निजी क्षेत्रका तर्फबाट विभिन्न सामानमा विशेष छूटको व्यवस्था गर्न आग्रह गरिएको संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए । संघका कार्य समिति सदस्य तथा बजार अनुगमन संयोजक जनकबहादुर थापाले सरकारी स्तरबाट समेत उपभोक्तालाई चाडपर्व लक्षित सहुलियत दरको सुपथ मूल्य पसल सञ्चालन गरिएकाले निजी क्षेत्रबाट समेत छूटको व्यवस्था गर्न वस्तुगत समितिलाई अनुरोध गरिएको बताए । 

‘चाडपर्वका बेला किनमेल बढी हुने भएकाले बजारमा कृत्रिम अभाव हुन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारी स्तरबाट बजार अनुगमन हुने हुँदा बजार अनुगमन टोलीलाई सहयोग गर्न समेत उद्योगी, व्यापारीलाई आग्रह गरिएको छ,’ उनले भने, ‘व्यापारी पनि कानून विपरीत कुनै पनि वस्तु तथा सेवाको विक्री वितरणमा सचेत भई जिम्मेवार व्यवसाय गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्