arthik abhiyan
ad banner

रूपन्देहीमा ९० जनामा डेंगी संक्रमण 

Sep 11, 2019 
प्रदेश ०५
NA

रूपन्देही (अस) । प्रदेश नम्बर ५ को राजधानी बुटवल तथा यस आसपासका अन्य जिल्लामा डेंगीका बिरामी ह्वात्तै बढेका छन् । जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका अनुुसार सोमवारसम्म डेंगी संक्रमणले एक जनाको मृत्यु भएको छ भने ९० जना बिरामीमा डेंगी पोजेटिभ देखिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुुख डा. राजेन्द्र गिरीले साउन २८ गतेदेखि जिल्लामा डेंगीका बिरामी भेटिएको र भदौ १५ पछाडि बिरामीको संख्या ह्वात्तै बढेको बताए । गएका केही वर्षहरूमा असोज अन्तिम सातातिर देखिने डेंगी अहिले साउनमै देखियो । डेंगीका बिरामी लगातार बढ्दै जाँदा समेत यसको नियन्त्रणका लागि स्थानीय तहदेखि प्रदेश सरकारलले कुुनै चासो नदिएको पीडितको गुनासो छ । 

संक्रमित बिरामी प्रादेशिक हस्पिटल, बुुटवल हस्पिटल प्रालि, क्रिमसन हस्पिटल, युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवा, सिद्धार्थ महिला तथा बाल हस्पिटलमा उपचार भइरहेको गिरीले जानकारी दिए । पछिल्ला दिनहरूमा दैनिक १० जनाभन्दा बढी नयाँ डेंगीका बिरामीहरू फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्