arthik abhiyan
ad banner

बैंकको रकम हिनामिना आरोपमा दुई पक्राउ

Sep 11, 2019 
प्रदेश ०५
NA

दाङ । दाङको घोराही–१०, नाराणपुरस्थित देवः विकास बैंकको झन्डै रू. १८ करोड रकम हिनामिना गरेको आशंकामा जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई मंगलवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताए । पक्राउ परेका कर्मचारीको परिचय भने खुलाइएको छैन । सो आरोपमा प्रहरीले यसअघि नै बैंकका प्रबन्धक समी बुढाथोकीसहित १२ जनालाई पक्राउ गरेको थियो । तीमध्ये ४ जना छुटिसकेका छन् भने अरू प्रहरीकै हिरासतमै छन् । रासस

प्रतिक्रिया दिनुहोस्