arthik abhiyan
ad banner

बुटवलका युवाले आविष्कार गरे ‘फ्युल सेभर किट’

Sep 11, 2019 
प्रदेश ०५
Image Not Found

रूपन्देही (अस) । बुटवल मिलनचोकका एक युवाले इन्धन बचत गर्ने तथा वातावरणमैत्री उपकरणको आविष्कार गरेका छन । इन्जिनीयर शिशिर जिसीले सवारीसाधनमा जडान गर्ने विशेष किसिमको यन्त्र आविष्कार गरेका हुन् । मंगलवार आयोजित एक कार्यक्रममा प्रदेश नं ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लीला गिरी, पूर्व संघीय वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह, उपमहानगर उपप्रमुख गुमादेवी आचार्य, वनविज्ञ कृष्ण पोखरेलले उक्त यन्त्रको संयुक्त रूपमा उद्घाटन गरेका छन् । 

कार्यक्रममा प्रदेश नं ५ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री गिरीले उक्त आविष्कार आम नागरिकका लागि उपयोगी हुने अपेक्षा गरे । मन्त्रालयबाट यो विषयमा जानकारी लिइनुका साथै उनलाई सम्मान समेत गरिएको उनले बताए । पूर्व संघीय वातावरण, विज्ञान तथा प्रविधिमन्त्री शाहले युवाको आविष्कारलाई साथ दिनु स्थानीय सरकारको बढी जिम्मेवारी हुने बताए । कार्यक्रममा प्रदेश सभासद् दिनेश पन्थी, नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य टंक पोखरेल, युवा आविष्कारक जिसीका बुबा वैकुण्ठ जिसी र आमा कमला जीसी लगायतले नयाँ आविष्कारका लागि सरकारबाट प्रोत्साहन गर्न जरुरी रहेको औंल्याए ।

प्रतिक्रिया दिनुहोस्