arthik abhiyan
ad banner

नेपाल पूर्वाधार सम्मेलन आजदेखि शुरू

Sep 11, 2019 
विकास
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल पूर्वाधार सम्मेलन–२०१९ बुधवारदेखि काठमाडौंमा शुरू हुँदै छ । नेपालको पूर्वाधार विकासमा विदेशी लगानी भिœयाउन र निजीक्षेत्रका लागि अवसर सृजना गर्ने उद्देश्यले आयोजना गरिएको यस सम्मेलनको आयोजक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ रहेका छन् । सम्मेलनका मुख्य वक्ता दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री मंगलवार साँझ काठमाडौं आइपुगेका छन् । 

अहिलेसम्मको तयारी र सम्मेलनप्रति देखिएको उच्चस्तरीय तथा आम सहयोग, समर्थन तथा उत्सुकता र चासोले यो क्षेत्र उत्साहित भएको परिसंघले बताएको छ । लगानी बोर्ड र नेपाली युवा निर्माण व्यवसायी समुदाय (वाइसीएनसी) सह–आयोजक रहेको पूर्वाधार सम्मेलनको मूल भाव ‘दिगो विकासका लागि मजबूत पूर्वाधार’ रहेको छ ।

भारतका ऊर्जा तथा नवीकरणीय ऊर्जा मन्त्री, विश्व बैंकका उपाध्यक्ष, एशियाली विकास बैंंक (एडीबी)का महानिर्देशकलगायत अन्य विदेशी लगानीकर्ताको उपस्थिति रहने छ । त्यस्तै, सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रादेशिक पूर्वाधारका विषयमा विशेष छलफल गर्ने कार्यक्रम पनि छ । २ दिनसम्म चल्ने सम्मेलनमा पूर्वाधारको अवस्था, क्षेत्रीय कनेक्टिभिटी, पूर्वाधार विकासमा वित्त र नीतिगतको अवस्था, प्रदेशमा लगानीको अवसरलगायत विषयमा विभिन्न सत्रमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्