arthik abhiyan
ad banner

तथ्यांकोवाच : धनियाँ दाना आयातले देखाएको सम्भावना

Sep 11, 2019 
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । नेपाल कृषि प्रधान मुलुक भए तापनि नेपालले वर्षेनि करीब आधा अर्बको धनियाँ मात्रै आयात गर्दै आएको छ । विगत ११ वर्षको धनियाँ आयातको तथ्यांक हेर्दा वार्षिक औसत २० प्रतिशतका दरले धनियाँको आयात वृद्धि भइरहेकोे छ । विप्रेषणमा आधारित समृद्धिसँगै जनतामा कृषिकार्यमा संलग्न नहुने प्रवृत्ति र मसालादार खाना खाने प्रचलनमा भएको वृद्धिले धनियाँको आयातमा यसप्रकारको वृद्धि देखिएको हो । यो तथ्यांकले नेपालमा धनियाँ खेतीमा व्यावसायिक लगानीको सम्भावनालाई उजागर गरेको छ । करीब ४ हजार हेक्टर क्षेत्रफलमा धनियाँ खेती गर्ने हो भने यसले एकातिर हरियो धनियाँको आयात प्रतिस्थापन गर्न मद्दत पुग्छ भने अर्कोतिर वार्षिक करीब आधा अर्ब रुपैयाँ बराबरको धनियाँ आयात प्रतिस्थापित हुने निश्चित छ । यसका लागि सर्वप्रथम धनियाँ उत्पादनमा भारत र चीनका सरकारहरूले प्रदान गरेको अनुदान र प्रोत्साहन नेपाल सरकारले पनि उपलब्ध गराउनुपर्छ । सबैभन्दा महŒवपूर्ण पक्ष धनियाँ उत्पादन र वितरणका सबै तहलाई अनन्तकालीन करमुक्त क्षेत्रका रूपमा घोषणा गर्नु आवश्यक छ ता कि नेपाली धनियाँ अन्य देशमा उत्पादित धनियाँभन्दा प्रतिस्पर्धी हुन सकोस् । यसका लागि कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, कृषक र निजीक्षेत्र सबै पक्ष मिली कार्यारम्भ गर्नु आवश्यक देखिन्छ । विश्वभर करीब रू. १८ अर्बको धनियाँ आयात भएको सन्दर्भमा गुणस्तरीय धनियाँ उत्पादन गर्ने हो भने नेपालमा उत्पादित धनियाँ निर्यात गर्न सकिने सम्भावना पनि छ । तसर्थ आजको आवश्यकता भनेको कार्यान्वयनमैत्री धनियाँ विकास नीति र कार्यक्रमको हो ।  


 

प्रतिक्रिया दिनुहोस्