ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जनउत्थान सामुदायिकको लिलामी शेयरको बाँडफाँट तथा रकम फिर्ता

Sep 11, 2019  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामीमर्फत विक्रीमा ल्याएकोे सर्वसाधारण समूहतर्फको हकप्रद शेयरको बाँडफाँट भदौ २४ गते गरेको छ । कम्पनीले १८ हजार ५३० कित्ता नबिकेको हकप्रद भदौ १० गतेदेखि १७ गतेसम्म लिलमीमार्फत विक्रीमा ल्याएको थियो । 

साथै, कम्पनीले बोलपत्रमा नपरेको रकम भदौ २५ गते शेयरधनीहरुले उल्लेख गरेको बैंक खातामा फिर्ता गर्ने भएको छ ।  रकम खातामा जम्मा भए नभएको यकिन गर्न र जम्मा नभएको खण्डमा कम्पनीको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटलमा सम्पर्क राख्न समेत कम्पनीले सूचनामार्फत जानकारी गराएको छ । 

बाँडफाँटमा परेको रकम भने नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचिकृत भएपछिमात्र शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुनेछ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्