arthik abhiyan
ad banner

छिमेक लघुवित्तको ४४.३३ % लाभांश प्रस्ताव

Sep 11, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको नाफाबाट शेयरधनीहरुलाई ४४ दशमलव ३३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीले शेयरधनीहरुको लागि २७ दशमलव ११८६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १७ दशमलव २१६८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । 

कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेकाले सो लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् । 
हाल कम्पनीको पूँजी रू. १ अर्ब १८ करोड रहेको छ ।

प्रस्तावित बोनस वितरणपछि पूँजी रू. १ अर्ब ५० करोड पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस्