ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लक्ष्मी लघुवित्तले गर्‍यो २६.३२ प्रतिशत लाभांश प्रस्ताव

Sep 11, 2019  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको नाफाबाट २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले शेयरधनीहरुको लागि १५ प्रतिशत बोनस शेयर र ११ दशमलव ३२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेकाले सो लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । 

हाल कम्पनीको पूँजी रू. २४ करोड २० लाख छ । १५ प्रतिशत बोनस वितरणपछि पूँजी रू. २७ करोड ८३ लाख पुग्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्