ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पहिलो घण्टामा २.३७ अंकले घट्यो नेप्से (१२ बजेको अपडेट)

Sep 11, 2019  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । बुधवार नेप्से कारोबार भएको पहिलो घण्टामा २ दशमलव ३७ अंकले घटेको छ । १ हजार १६६ दशमलव ६८ विन्दुबाट शुरु भएको नेप्से यस अवधिमा शून्य दशमलव २० प्रतिशत घटेर १ हजार १६४ दशमलव ३० विन्दुमा पुगेको छ ।  

कारोबारमा आएका ११ समूहको परिसूचकमध्ये विकास बैंक र बीमा समूहको बढेको छ भने बाँकी ९ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । पहिलो घण्टाको कारोबारमा ९७ कम्पनीको रू. २ करोड ९० लाख बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिसम्म साना किसान विकास बैंकको सर्वाधिक रू. १ करोड २ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य सो समयसम्म रू. ९४१ मा खरीदविक्री भईरहेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्