arthik abhiyan
ad banner

बैंकमा खाता खोल्न महिलाको आकर्षण

Sep 11, 2019 
प्रदेश ०७
Image Not Found
सांकेतिक तस्वीर

भदौ २५,  डोटी । यस जिल्लाको शिखर नगरपालिका–५, धामीगाउँकी २५ वर्षीया ईश्वरी विकका श्रीमान्  खेमराज विक रोजगारीका लागि भारतको मुम्बई गएका छन् ।

रोजगारीका लागि भारतमा रहेका खेमराज विकले विगतमा आफूले कमाएको पैसा घर पठाउँदा कुनै व्यक्तिसँग पठाउने गर्दथे । 

कहिलेकाहीं आफू घर आउँदा उनले आफैं पनि बोकेर आउने गर्थे । दुःख गरी कमाएको पैसा आफूले बोकेर ल्याउँदा होस वा अरू कसैको हातमा पठाउँदा, बाटोमा पैसा लुट्छन्  कि भन्ने डर सधैं हुन्थ्यो, खेमराजलाई ।     

अचेल भने खेमराज विक ढुक्कसँग पैसा पठाउने गर्छन् ।  उनकी धर्मपत्नी ईश्वरीले करीब एक वर्षपहिले डोटीमा रहेको बैंकमा खाता खोलेपछि अब खेमराजले न त पैसा बोकेर ल्याउनुपर्छ न बाटोमा लुटिने डर छ । 

श्रीमानले अहिले खातामै पैसा पठाउन थालेपछि आफू निकै खुशी भएको खेमराज विककी श्रीमती ईश्वरी विकले बताइन् । उनले भनिन्, श्रीमानले पैसा खातामै पठाइरहनुहुन्छ, मलाई चाहिएको जति झिक्छु, बाँकी बैंकमै रहन्छ, न चोरको डर, न हराउने डर छ अहिले त ।’

उनीमात्र होइन सुरक्षित वैदेशिक रोजगार र बचतका बारेमा छलफल गर्नका लागि गठन भएको एकता सुरक्षित आप्रवासन समूह गठन भएपछि सबैले बैंक खाता खोलेका छन् ।

सुरक्षित आप्रवासनको क्षेत्रमा जिल्लामा काम गर्दै आएको ‘निड्स नेपाल’ नामक एक गैरसरकारी संस्थाले वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरणमा बैंक खाताको महत्वका बारेमा जानकारी गराएपछि आफूहरुले खाता खोलेको समूहकी अध्यक्ष उषा बोहराले बताइन्  । रासस
 

प्रतिक्रिया दिनुहोस्