arthik abhiyan
ad banner

पुँजी बजारको अन्योल हटाऊ

Sep 12, 2019 
१० वर्ष अघि
NA

विकसित अर्थ व्यवस्थाहरूमा पुँजी बजारलाई पुँजी निर्माणको प्रमुख उपकरण त मानिन्छ नै यसको आरोह–अवरोहलाई सम्बन्धित अर्थप्रणालीको सबलता/दुर्बलताको मापकका रूपमा पनि लिइन्छ । यो खुला बजार र पुँजीवादी अर्थप्रणालीको अपरिहार्य पाटो भइसकेको छ । अर्थतन्त्रको आकार, औद्योगिकीकण र बजारीकरणको अवस्था तथा पुँजी बजारको इतिहास आदि सबै दृष्टिबाट नेपालको पूँजी बजार प्रारम्भिक अवस्थामा नै छ । यो आमजानकारीको विषय हो । तर, समयक्रम र बजारको विस्तारसँगै जुन गतिमा यसको पनि सापेक्ष विकास हुनुपर्ने हो त्यो नहुनु चाहिँ मुलुक, अर्थतन्त्र बजार र आमजनता सबैका लागि दुःखको विषय हो । यसको अपेक्षित विकास हुन नसक्नुका पछाडि आर्थिक र गैरआर्थिक कारणहरू छन् । 

पहिलो, राज्यले अवलम्बन गर्ने आर्थिक सिद्धान्त यसको विकासको प्रमुख आधार हो । निर्देशित अर्थतन्त्र वा वामपन्थी राजनीतिक शक्तिहरूले वकालत र कार्यान्वयन गर्न चाहने माक्र्सवादी अर्थप्रणालीमा पुँजी बजारको विकास हुन सक्दैन । स्वस्थ प्रतिस्पर्धामा आधारित आधारभूत अनुगमन संयन्त्रसहितको प्रतिस्पर्धी बजार विकासको पूर्वसर्त हो । नेपालको पुँजी बजारमा पनि संसारका अन्य अर्थतन्त्रहरूमा जस्तै राजनीतिक व्यवस्था र सत्तामा पुग्ने राजनीतिक शक्तिको चरित्रको प्रत्यक्ष छाप पर्ने गरेको छ । पञ्चायत कालमा एक प्रकारले नियन्त्रित अर्थव्यवस्थामा यसले यथोचित विकास हुने अवसर पाएन । 

(सम्पादकीयबाट) 
वर्ष ५, अंक २ २०६६, भदौ १५–२१

प्रतिक्रिया दिनुहोस्