arthik abhiyan
ad banner

लक्ष्मी बैंकको शाखा राजविराजमा

Sep 12, 2019 
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । लक्ष्मी बैंकले आफ्नो ११३औं शाखा सप्तरीको राजविराजमा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखामार्फत बैंकले साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । यससँगै बैंकका देशभर ११३ शाखा, २ एक्स्टेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३७ एटीएम र ५८ शाखारहित बैंकिङ एजेन्ट पुगेका छन् । बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवा पूरा गर्न शाखा थप गरेको जानकारी दिएको छ । बैंकले ग्राहकलाई इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवा पनि प्रभावकारी रूपमा उपलब्ध गराउँदै आएका बताएको छ । 

प्रतिक्रिया दिनुहोस्