arthik abhiyan
ad banner

एनआईसी एशियाका तीन शाखा थपिए

Sep 12, 2019 
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

विराटनगर (अस) । एनआईसी एशिया बैंकले बुधवार विराटनगर महानगरपालिकामा एकैदिन ३ ओटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले विराटनगरको मेनरोड, रोडशेष चोक र हाटखोलामा शाखा सञ्चालनमा ल्याएको हो । 

बुधवार सञ्चालनमा आएका तीन शाखामध्ये मेनरोड र रोडशेष चोक शाखाको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र हाटखोला शाखाको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उद्घाटन गरे । यससँगै एनआईसीका विराटनगरमा ६ ओटा शाखा पुगेका छन् । मेनरोड शाखा उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका मेयर पराजुलीले न्यून आय भएका व्यक्ति तथा कृषि क्षेत्रमा लगानी गर्न बैंकको व्यवस्थापन समितिलाई आग्रह गरे । 

ग्राहकहरूको सुविधालाई ध्यानमा राखी शाखा सञ्चालनमा ल्याएको एनआईसीका प्रादेशिक प्रमुख दीपक थापाले बताए । बैंकका देशभर २९८ शाखा, ३५४ एटीएम र ५८ एक्स्टेन्शन काउन्टर तथा ४१ ओटा शाखारहित सेवा सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्