arthik abhiyan
ad banner

मुक्तिनाथ विकासद्वारा ऋण मिनाहा र फिर्ता

Sep 12, 2019 
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकले ऋणीको मृत्यु भएपछि सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत क्रणको साँवा तथा ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । बंैककै साना तथा लघु बैंकिङ, पर्सा शाखामा सदस्य रहेकी मनमाया मगरको मृत्यु भएपछि बैंकले ऋण रकम मिनाहा र फिर्ता गरेको हो ।

फिर्ता रकम रू. १ लाख ४३ हजार ७८४ रुपैयाँ स्व. मगरका छोरा अशोक मगरलाई खैरहनी नगरपालिका वडा नं २ का वडा अध्यक्ष टीकादत्त ईटनी, बैंकको पर्सा शाखाका प्रमुख विश्व क्षेत्री तथा डेस्क प्रमुख सुभाष गिरिले प्रदान गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्