ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सर्वोच्चको फैसलाप्रति रेडक्रसको आभार

Sep 12, 2019  
बजार
NA

काठमाडौं (अस) । सर्वोच्च अदालतले गरेको मंगलवारको फैसलाले नेपाल रेडक्रस सोसाइटीको साधारणसभा र महाधिवेशनमार्फत बजेट पारित एवम् निर्वाचन गर्ने प्रक्रिया तथा संस्थागत सेवा गतिविधिमा भइरहेको अवरोध हटाएको छ । संस्थाको पक्षमा गरेको फैसलाप्रति नेपाल रेडक्रस सोसाइटी परिवारले आभार व्यक्त गरेको छ । 

विपद् पूर्वतयारी, उद्धार, स्वास्थ्य प्रवद्र्धन, मानवीय सम्मान अभिवृद्धि, एम्बुलेन्स सेवा, प्राथमिक उपचार, रक्तसञ्चार सेवा लगायत कार्य गर्दै आएका अवस्थामा विगत केही समयदेखि देखिएको संस्थागत अन्योल हटाई न्यायिक प्रयत्नस्वरूप भएको यस फैसलाले सम्पूर्ण रेडक्रसकर्मीलाई थप क्रियाशील भई सेवाकार्यमा लाग्न बल मिलेको संस्थाले बताएको छ । संस्थाको गरिमा बढाउँदै  मानवीय सेवामा तल्लीन हुनुपर्ने आजको टड्कारो अवस्थामा संस्थाका सबै सदस्य, स्वयंसेवक र शुभेच्छुक एक भई अघि बढ्न संस्थाले आह्वान गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्