arthik abhiyan
ad banner

दिव्यश्वरी सहकारीको साधारणसभा सम्पन्न

Sep 12, 2019 
बजार
NA

भक्तपुर (अस) । दिव्यश्वरी बचत तथा ऋण सहकारी संस्था, लोकन्थलीको १२ औं वार्षिक साधारणसभा शनिवार भएको छ । सहकारी विभागका उपरजिस्ट्रार शशिकुमार लम्सालको प्रमुख आतिथ्यमा भएको उक्त सभाबाट प्रदीप शर्माको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति र जगतकृष्ण प्रजापतिको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिको चयन गरिएको छ । 

आव २०७५/७६ मा रू. २ करोड २८ लाख ६० हजार ५०० शेयर पूँजी रहेको उक्त संस्थाले रू.४१ लाख १ हजार खुद नाफा कमाएको छ । गत आवको असार मसान्तसम्म १ हजार ८४७ जना शेयर सदस्य रहेको संस्थाले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्