arthik abhiyan
ad banner

चितवनमा बेनेली मोटरसाइकलको शोरूम

Sep 12, 2019 
बजार
Image Not Found

काठमाडौं (अस) । बेनेली मोटरसाइकलको आधिकारिक डिलर पिनाकल मोटोर्‍याड प्रालिले बुधवार चितवनमा शोरूम सञ्चालनमा ल्याएको छ । शोरूममा हाल १३५ देखि ६०० सीसी क्षमतामा विभिन्न मोडलका मोटरसाइकल उपलब्ध हुने बताइएको छ । मोटोर्‍याडले सहुलियत दरमा मोटरसाइकल विक्री गर्ने बताउँदै बेनेलीका सबै मोडलका इन्जिनमा दुई वर्षको वारेन्टी दिने उल्लेख गरेको छ । 

उक्त शोरूममा उपलब्ध मोटरसाइकलहरूमा टीआरके २५१ सीसी मोडलको रू. २ लाख ३० हजार, टीएटी १५०को रू. ३ लाख १५ हजार, बीएन २५१ सीसीको रू. ५ लाख २० हजार, लियोनसिनो २५० सीसी र टीआरके २५१ सीसीको रू. ६ लाख ३० हजार बजारमूल्य कम्पनीले  तोकेको छ । मोटो¥याड प्रालिका सञ्चालक ईश्वरकुमार श्रेष्ठले शोरूममा सर्भिस, स्पेयर पार्टस र मेशिनरी सेवा उपलब्ध हुने जानकारी दिँदै ग्राहकको सन्तुष्टि नै शोरूमको मुख्य प्राथमिकता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्