arthik abhiyan
ad banner

सातौं फर्निचर तथा फर्निसिङ मेला शुरू

Sep 12, 2019 
बजार
Image Not Found

काठमाडौं (अस) । काठमाडौंस्थित भृकुटीमण्डपमा सातौं फर्निचर तथा फर्निसिङ मेला शुरू भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघद्वारा आयोजित मेलाको उद्घाटन बुधवार उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका हुन् । मेला आइतवारसम्म चल्नेछ । 

फर्निसिङ व्यवसायमा आधुनिकता भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बन्ने उद्देश्यले उक्त प्रदर्शनी गरिएको आयोजकको भनाइ छ । प्रदर्शनीमा १२० ओटा स्टल छन् । उद्घाटनमा नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले फर्निचर व्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिनुपर्ने बताए । ‘सरकारले व्यवसायीमैत्री वातावरण बनाउनभन्दा पनि व्यवसायीलाई तर्साउने काम गरेको छ,’ उनले भने, ‘पहिले थुन्ने अनि पछि सुन्ने सरकारको नीतिले निजीक्षेत्र अगाडि बढ्न सक्दैन ।’ निजीक्षेत्रले सरकारलाई विश्वास गर्ने वातावरण नबनेको उनको भनाइ छ ।

संघका अध्यक्ष रूपेश प्रधानले कच्चापदार्थको अभावका कारण फर्निसिङ व्यवसाय अघि बढ्न नसकेकाले सरकारले यसका लागि उचित कदम चाल्नुपर्ने बताए । देशभर १० लाख फर्निचर तथा फर्निसिङ व्यवसायी रहेको र ५ लाखभन्दा बढीले रोजगारी पाएकाले यस क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्