arthik abhiyan
ad banner

आन्दोलनले घटे क्याथे प्यासिफिकका यात्रु 

Sep 12, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

हङकङ । हङकङको वायुसेवा कम्पनी क्याथे प्यासिफिकले गत अगस्टमा आफ्नो यात्रु संख्या ११ प्रतिशत घटेको बताएको छ । गत महीना हङकङमा सरकारविरोधी आन्दोलनले यात्रुको संख्यामा ठूलो कमी आएको हो । उक्त आन्दोलनमा कम्पनीका कर्मचारी पनि सहभागी भएको घटनाले क्याथे प्यासिफिकको उडान थप प्रभावित बनेका थिए । 

गत महीना क्याथे प्यासिफिकको समग्र यात्रुसंख्या २९ लाखमा झरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ११ प्रतिशत कमी हो । कम्पनीको यात्रुको संख्यामा यति ठूलो कमी आएको सन् २००९ पछि यो पहिलोपटक हो । अगस्टमा यात्रुको संख्यामा आएको कमीले क्याथे प्यासिफिकलाई अर्को समस्या थपिएको हो । कम्पनीले हङकङको सरकारविरोधी आन्दोलनमा सहभागी भएको भन्दै आफ्ना केही कर्मचारीलाई हटाएको थियो । 

अगस्टको आन्दोलन कम्पनीका साथै समग्र हङकङका लागि चुनौतीपूर्ण रहेको कम्पनीका प्रमुख कस्ट्युमर एन्ड कमर्शियल अफिसर रोनाल्ड लामले बताए । हङकङ आउने पर्यटकको संख्या नै सो अवधिमा करीब आधा घटेको उनले जानकारी दिए । अहिले हङकङमा जारी आन्दोलन १५औं सातामा चलिरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्