arthik abhiyan
ad banner

‘आर्थिक सुस्तीले तेलको माग कमजोर’

Sep 12, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

लन्डन (बेलायत) । पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक)ले सन् २०१९ र २०२० मा विश्वभर तेलको माग यसअघिको अनुमान अनुसार नरहने बताएको छ । बुधवार ओपेकले तेलको मागको परिमार्जित प्रक्षेपण सार्वजनिक गरेको हो ।

ओपेकले सार्वजनिक गरेको प्रक्षेपण अनुसार यस वर्ष तेलको माग वृद्धि प्रतिदिन १० लाख २० हजार ब्यारेल रहनेछ । यो प्रक्षेपण गत अगस्टको तुलनामा प्रतिदिन ८० हजार ब्यारेलले कम हो । सन् २०२० मा भने विश्वको तेलको माग प्रतिदिन १० लाख ८० हजार ब्यारेलले बढ्ने प्रक्षेपण गरिएको छ । अगस्टको तुलनामा यो प्रतिदिन ६० हजार ब्यारेलले कम हो । बिहीवार संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा आपेक तथा उसका सहयोगी मुलुकको बैठक हुन गइरहेको अवस्थामा यस्तो प्रतिवेदन सार्वजनिक सार्वजनिक भएको हो । एजेन्सी
 

प्रतिक्रिया दिनुहोस्