arthik abhiyan
ad banner

मदिरा सेवन गर्नेलाई १० हजार जरीवाना

Sep 12, 2019 
प्रदेश ०६
NA

   
जाजरकोट । मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि बनाएर जिल्लाको नलगाड नगरपालिकाले मदिरा नियन्त्रण शुरू गरेको छ । नगरपालिकाभित्रका सबै वडामा अवैध रूपमा मदिरा सेवन गर्ने तथा विक्री गर्नेलाई रू. १० हजार जरीवाना गर्ने कार्यविधिमा उल्लेख छ । एकै व्यक्तिले पटक–पटक मदिरा सेवन तथा विक्री गरेमा दुवैलाई जरीवाना हुने कार्यविधिमा उल्लेख छ । मदिरा सेवन गरेर होहल्ला गर्नेलाई पहिलो पटक रू. १ हजार धेरै पटक गरेमा रू. ५ हजार जरीवाना गर्ने कार्यविधिमा उल्लेख छ । मदिरा विक्रीलाई सहयोग गर्नेलाई समेत जरीवाना गरिने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्