arthik abhiyan
ad banner

खहरेखोलामा पक्की पुल निर्माण

Sep 12, 2019 
प्रदेश ०४
NA

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ–बुर्तिवाङ खण्डको खहरेखोलामा पक्की पुल निर्माण गरिएको छ । बागलुङ नगरपालिका–३ र काठेखोला गाउँपालिका–१ को सिमानामा बग्ने खहरेखोलामा पक्की पुल निर्माण भएपछि सवारीसाधन तथा पैदलयात्रुलाई सहज भएको छ । खहरेखोलामा सवारीसाधन आउजाउ गर्न समस्या भएकाले १८ महीनाअघि अगाडि पुल निर्माण थालिएको थियो । मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्डमा निर्माण भएका ६ वटा पुलमध्ये अन्तिम पुल खहरेखोलामा निर्माण गरिएको आयोजनाका कार्यालय, पर्वतका प्रमुख आशिष थापाले बताए ।     रासस

प्रतिक्रिया दिनुहोस्