arthik abhiyan
ad banner

पशु बीमामा आकर्षण बढ्दो

Sep 12, 2019 
प्रदेश ०१
Image Not Found

पाँचथर (अस) । जिल्लामा पशु बीमामा कृषकको आकर्षण बढेको छ । घरमा पालेका गाईवस्तुको बीमा गर्दा पशुधनीको समेत दुर्घटना बीमा हुन थालेपछि पाँचथरमा पशु बीमा गर्ने किसानको संख्या बढ्दै गएको हो । 

स्थानीय तहसँगको समन्वयमा निर्जीवन बीमा कम्पनीमार्फत जिल्लाका ग्रामीण क्षेत्रमा पशु बीमा गराउन थालिएको हो । पशु बीमा गर्दा सरकारले बीमांकको ७५ प्रतिशत रकम बेहोरिदिने गरेको छ । गत आर्थिक वर्षमा मात्रै पाँचथरमा ९९३ ओटा गाईवस्तुको बीमा भएको छ । जिल्लामा एनएलजी कम्पनीमार्फत गाईवस्तुको बीमा भइरहेको छ । 

जिल्लामा अहिलेसम्म बीमापश्चात् मृत्यु भएका १८ ओटा गाईवस्तुको बीमा दाबी भुक्तानी गरेको एनएलजी कम्पनीका पाँचथर प्रमुख ज्ञादव गौतमले बताए । पशुको बीमा गर्दा प्रकृति हेरेर मासिक १५० देखि १ हजार २ सय रुपैयाँसम्म बीमाशुल्क किसानले बेहोर्नु पर्छ । 
 

प्रतिक्रिया दिनुहोस्