arthik abhiyan
ad banner

लक्ष्मी लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बिहीवार, २६ भदौ २०७६)

Sep 12, 2019 
लगानी
Image Not Found

कम्पनीले २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस मध्ये १५ प्रतिशत वोनस शेयर र ११ दशमलव ३२ प्रतिशत नगद लाभांश छ । कम्पनीले गत आवमा रू. ११ करोड ९ लाख ३९ हजार खुद नाफा कमाएको छ । अघिल्लो आवमा कम्पनीले रू. ८ करोड ७५ लाख २ हजार खुद नाफा कमाएको थियो र २६ दशमलव ३२ प्रतिशत नगद लाभांश मात्र दिएको थियो । कम्पनीको चुक्तापूँजी रू. २४ करोड २० लाख छ । कम्पनीले प्रस्ताव गरेको वोनस शेयर वितरणपछि पूँजी रू. रू. २७ करोड ८३ लाख पुग्नेछ । प्रतिशेयर आम्दानी रू. ४५ दशमलव ८४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २०१ दशमलव ११ रहेको छ । बुधवार कम्पनीको शेयर मूल्य अघिल्लो दिनको तुलनामा ४१ अंक घटेर रू. ६७९ कायम भएको छ ।

कम्पनीको ६६ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो लामो शरीर भएको मारोबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रन जोन ४० दशमलव ४६ विन्दुमा छ । यसले शेयर विक्री चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १३ दशमलव ४५ विन्दुमा छ । उतारचढाव मध्यम छ । । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. ६७९ देखि बजारको अवस्था परीवर्तन भई मूल्य महँगिएमा रू. ७३५मा प्रतिरोध पाउने र सस्तिएमा रू. ६६५ मा टेवा पाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्