arthik abhiyan
ad banner

स्पर्श लघुवित्त : कम्पनी विश्लेषण (बिहीवार, २६ भदौ २०७६)

Sep 12, 2019 
लगानी
Image Not Found


सर्वसाधारणलाई आईपीओ जारी गरी गत वैशाख २३ गते धितोपत्र बजार (नेप्सेमा सूचीकृत भएको यस कम्पनीको शेयर वैशाख २४ गतेदेखि कारोबार भएको हो । गतवर्षको मुनाफाबाट शेयरधनीहरूका लागि १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ६८ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । कम्पनीको भदौ १६ गतेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट १० जिल्लामा कार्यक्षेत्र विस्तार गर्न स्वीकृत पाएको यस लघुवित्तले हालसम्म १० जिल्लाका २० शाखा कार्यालयमार्पmत १५ हजार ७२६ विपन्न वर्गमा लघुवित्त सेवा दिँदै आएको छ । कम्पनीले गत आवको अन्त्यसम्म रू. १ करोड ५६ लाख नाफा कमाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १८ दशमलव ८२ रहेको छ । बुधवारको शेयर कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य रू. ५७१ कायम भएको छ ।

कम्पनीको ५४ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारूबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युन्ट्रल जोन ४४ दशमलव ७४ विन्दुमा छ । यसले किनबेच चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ७ दशमलव १९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा न्यून लाभ हुन्छ भने जोखिम पनि न्यून नै हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने रेखा र २६ दिने औसत रेखाभन्दा तल रहेको छ । बुधवारको शेयरमूल्य रू. ५७१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६१२ मा प्रतिरोध र सस्तिएमा रू. ४५८ मा टेवा पाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्