arthik abhiyan
ad banner

स्वरोजगार लघुवित्त : कम्पनी विश्लेषण (बिहीवार, २६ भदौ २०७६)

Sep 12, 2019 
लगानी
Image Not Found

 

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्त्यसम्म रू. ८ करोड ७ लाख ४४ हजार नाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा १२० दशमलव ६८ प्रतिशत प्रतिशत बढी नाफा गर्न कम्पनी सफल भएको हो । अघिल्लो आवमा यस कम्पनीले रू. ३ करोड ६५ लाख ८७ हजार खुद नाफा गरेको थियो ।हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ९५ लाख १२ हजार रहेको छ । जगेडा कोष रकम गत वर्ष ८८ दशमलव ३९ प्रतिशत वृद्धि भई रू. १२ करोड ५२ लाख २१ हजार कायम भएको छ । निष्क्रिय कर्जा शून्य दशमलव ८८ प्रतिशत रहेको छ भने प्रति शेयर आम्दानी रू. २९ दशमलव ९६ रहेको छ । बुधवारको शेयर कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य ३४ अंक बढेर रू. ५५२ कायम भएको छ । 

कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा सामान्य डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने र घट्नेमा अन्योलको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५१ दशमलव ५८ विन्दुमा छ । यसले शेयर किनबेच चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ५७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजीक भएका छन् । हालको मूल्यरेखा दुवै मूल्यरेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. ५५२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ४६२ मा टेवा र महँगिएमा रू. ५६५ मा प्रतिरोध पाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्