arthik abhiyan
ad banner

विजय लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बिहीवार, २६ भदौ २०७६)

Sep 12, 2019 
लगानी
Image Not Found


विजय लघुवित्तले गतवर्ष शेयरधनीहरूका लागि १० प्रतिशत बोनस शेयर दिएको थियो । यस कम्पनीले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्न गत असार १६ गते सम्झौता गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले रू. ६ करोड २३ लाख १० हजार खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिको तुलनामा ६८ दशमलव २५ प्रतिशत बढी नाफा गरेको हो । अघिल्लो आवमा कम्पनीले रू. २ करोड ४९ लाख ३६ हजार खुद नाफा गरेको थियो । गत आवको लाभांश घोषणा गर्नेमा धेरैजसो लघुवित्त कम्पनीहरू भए पनि हालसम्म यस कम्पनीले भने लाभांश घोषणा गरेका छैनन् । हाल कम्पनीको चुक्तापूँजी रू. १९ करोड ४८ लाख १० हजार रहेको छ । कम्पनीले जगेडा कोषमा रू. ८ करोड ५४ लाख ५६ हजार जम्मा भएको छ । बुधबारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य ९ अंक बढेर रू. ५७५ कायम भएको छ ।

कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्यामर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने बढ्ने कुनै संकेत निश्चित गर्दैन । लगानीकर्तामा पर्ख र हेरको स्थिति सृजना भएको छ । आरएसआई न्युट्रल जोन ७६ दशमलव ०५ विन्दुमा छ । यसले शेयर किनबेच चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ७१ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिन खोजेका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाको तल छ । बुधवारको शेयरमूल्य रू. ५७५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५८४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५६६ मा टेवा पाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्