arthik abhiyan
ad banner

एनएमबि क्यापिटलका दुवै योजनाको मूल्य समायोजन 

Sep 12, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २६, काठमाडौं । एनएमबि क्यापिटल अन्तर्गत सञ्चालित दुई सामूहिक योजना (म्युचुअल फण्ड) को नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मूल्य समायोजन गरेको छ । एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि सुलभ इन्भेष्टमन्ट फन्ड–१ को नगद लाभांश (प्रतिफल) मा नेप्सेले मूल्य समायोजन गरेको हो । 

एनएमबि हाइब्रिड फण्ड एल –१ को १० प्रतिशत नगद लाभांशमा मूल्य समायोजनपछि बिहीवारको कारोबार प्रतिइकाई रू. ८ दशमवल ५२ लाई आधार मानेर खुलेको छ । त्यस्तै अर्को योजना एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –१ को १५ प्रतिशत नगद लाभांशको मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि बिहीवार यसको कारोबार प्रतिइकाई रू. ९ दशमलव ६१ लाई आधार मानेर खुलेको छ । 
 

प्रतिक्रिया दिनुहोस्