arthik abhiyan
ad banner

२.१८ अंकले घट्यो नेप्से, ९ करोडको कारोबार (१ बजेको अपडेट)

Sep 12, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २६, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से कारोबार भएको दोस्रो घण्टामा २ दशमलव १८ अंकले घटेको छ । १ हजार १६३ दशमलव ७१ विन्दुबाट शुरु भएको नेप्से यस अवधिमा शून्य दशमलव १९ प्रतिशत घटेर १ हजार १६१ दशमलव शून्य ३ विन्दुमा पुगेको छ ।  

कारोबारमा आएका ११ समूहको परिसूचकमध्ये ३ समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । दोस्रो घण्टाको कारोबारमा १४० कम्पनीको रू. ९ करोड १४ लाख बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिसम्म छिमेक लघुवित्त विकास बैंकको संस्थापक शेयरको सर्वाधिक रू. १ करोड ४९ लाख  बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य सो समयसम्म रू. ४७० मा खरीदविक्री भईरहेको छ ।


 

प्रतिक्रिया दिनुहोस्