arthik abhiyan
ad banner

अव बीमा अभिकर्ता, सर्भेयर र कर्मचारीलाई पनि प्यान अनिवार्य

Sep 12, 2019 
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २६,  काठमाडौं ।  एक व्यक्ति एक प्यान नम्वर अनिवार्य  गर्ने सरकारको नीति अनुरुप बीमा गराउने अभिकर्ताले पनि स्थायी लेखा नम्वर (प्यान )नम्वर लिनु पर्ने भएको छ ।

बीमा समितिले गत आइतवार बीमा कम्पनीहरुलाई परिपत्र गर्दै बीमा क्षेत्रमा काम गर्ने बीमा अभिकर्ता, बीमा कम्पनीका सर्भेयर र कर्मचारीलाई अनिवार्य रुपमा प्यान नम्बर लिन लगाएर मात्रै कमिशन, तलव तथा बोनस भुक्तानी गर्न निर्देशन दिएको छ ।

नेपाल सरकारले २०७६/ ७७ को बजेट वक्तव्यमा पनि एक व्यक्ति एक स्थायी नम्बर अनिवार्य गरेको थियो । यो सँगै बीमा समतिले पनि बीमा कम्पनीहरुमा आवद्ध सबैलाई प्यानमा आवद्ध हुन  परिपत्र गरेको हो ।

उक्त परिपत्रमा  आय कर ऐन २०५८ तथा आय कर नियामवली, २०५९ मा स्पष्ट व्यवस्था भए बमोजिम जीवन तथा निर्जीवन र पुर्नबीमा व्यवसाय गर्ने बीमकसँग आवद्ध भएका बीमा अभिकर्ता, बीमा सर्भेयर र कर्मचारीहरुको हकमा प्यान नम्वर अनिवार्य गर्न भनिएको छ ।

हेर्नुहोस परिपत्र :

 

प्रतिक्रिया दिनुहोस्