arthik abhiyan
ad banner

११५८.८१ विन्दुमा नेप्से परिसूचक (२ बजेको अपडेट)

Sep 12, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २६, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से कारोबार भएको तेस्रो घण्टामा ४ दशमलव ३५ अंकले घटेर १ हजार १५८ दशमलव ८५ विन्दुमा पुगेको छ  । १ हजार १६३ दशमलव ७१ विन्दुबाट शुरु भएको नेप्से यस अवधिमा शून्य दशमलव ३७ प्रतिशत घटेको हो ।

 कारोबारमा आएका ११ समूहको परिसूचकमध्ये वित्त समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । तेस्रो घण्टाको कारोबारमा १६१ कम्पनीको रू. १६ करोड २१ लाख बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिसम्म एनआईसी एशिया बैंककोे सर्वाधिक रू. १ करोड ६४ लाख  बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य सो समयसम्म रू. ४४८ मा खरीदविक्री भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्