arthik abhiyan
ad banner

नयाँ श्रम समझदारी कार्यान्वयनमा, मलेशिया जाने कामदारले कुनै पनि शुल्क तिर्नु नपर्ने

रोजगारदाताले नै सम्पूर्ण लागत व्यहोर्ने 

Sep 12, 2019 
समाचार
Image Not Found

भदौ २६,काठमाडौं । नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयू) बिहीवारदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ ।     

मलेशियाको क्वालालम्पुरमा तीन दिनदेखि चलेको दुवै देशको प्राविधिक कमिटीको बैठकमा नयाँ समझदारीअनुसार श्रमिक आपूर्ति गर्नेसम्बन्धी सहमति भएको छ । 
नेपाल र मलेशिया सरकारबीच गत कात्तिक १२ गते श्रम समझदारी भएको थियो ।    

 ‘नयाँ समझदारीअनुसार कामदार लैजाने विषयमा मलेसियासँग सहमति भएको छ’, नेपालको तर्फबाट बैठकको नेतृत्व गरेका श्रम मन्त्रालयका वरिष्ठ सहसचिव डा रामप्रसाद घिमिरेले क्वालालम्पुरबाट भने, ‘आजदेखि औपचारिक रुपमा श्रम समझदारी कार्यान्वयनको प्रक्रिया अगाडि बढ्यो ।’  

तीन दिनसम्म चलेको वार्ता टुंगोमा पुगेको हो । नयाँ श्रम समझदारीका प्रावधान प्रभावकारी कार्यान्वयन गर्न मलेशिया तयार भएसँगै एक साताभित्र नेपाली कामदार एमओयूको नयाँ प्रावधानअनुसार जाने छन् ।     

मलेशिया जाने कामदारले अब कुनै पनि शुल्क तिर्नुपर्ने छैन् । मलेसियासँगको समझदारीले रोजगारदाताले नै सम्पूर्ण लागत व्यहोर्ने विषयलाई स्पष्टसँग सम्बोधन गरेको छ ।    रासस 
     
 
 

प्रतिक्रिया दिनुहोस्