arthik abhiyan
ad banner

अख्तियारद्वारा अदालतका सवारी चालक घूससहित पक्राउ

Sep 12, 2019 
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला अदालत सिराहाको सवारी चालकलाई घूससहित पक्राउ गरेको छ ।

आयोगको क्षेत्रिय कार्यालय बर्दिवासबाट गएको टोलीलेले उक्त अदालतमा कार्यरत  हलुका सवारी चालक ( करार) बृज मोहन यादवलाई रू.१ लाख १० हजार घूससहित रंगेहात पक्राउ गरेको हो ।

अख्तियारको टोलीले अदालतमा विचाराधिन लागुऔषध सम्बन्धी मुद्दा मिलाई  दिने भनी सिराहा नगरपालिका–७ हस्पिटल चोक स्थित होटलबाट सेवाग्राहीसँग उक्त रकम लिंदै गरेको अवस्थामा निज चालक यादवलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका अभियुक्तलाई  हिरासतमा लिई थप अनुसन्धान  भइरहेको  अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख  छ ।
 

प्रतिक्रिया दिनुहोस्