arthik abhiyan
ad banner

२३०० रोजगारी कटौती गर्दै ब्याट

Sep 12, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २६, लन्डन (बेलायत) । बेलायती टोबाको कम्पनी ब्रिटिश अमेरिकन टोबाको (ब्याट)ले २ हजार ३०० कर्मचारीलाई कामबाट निकाल्ने घोषणा गरेको छ ।

परम्परागत सिगरेटबाट कम्पनीलाई विस्तारै अन्यत्र मोड्न लागेको बेलामा ब्याटले यस्तो घोषणा गरेको हो । कम्पनीले पछिल्लो समय ई–सिगरेट र अन्य उत्पादनमा ध्यान लगाइरहेको छ ।

यस्तोमा अझ बढी प्रभावकारी, चुस्त र केन्द्रीत कम्पनी सृजना गर्न लागिएको ब्याटले बताएको छ । जनवरीसम्ममा सम्पन्न हुने नयाँ योजना अन्तर्गत कम्पनीको व्यवस्थापन तहमा कर्मचारी कटौती गरिने छ अनि सो तहलाई अझ सरल बनाइने कम्पनीको भनाई छ । 

रोजगारी कटौती कहाँ कहाँबाट हुन्छ भन्नेबारे भने कम्पनी प्रवक्ताले केही पनि बताउन चाहेनन् । 

लन्डनमा मुख्यालय रहेको कम्पनीको ४८ देशमा ५५ ओटा कारखाना छ अनि विश्वभर ५५ हजारलाई यसले काम दिइरहेको छ । ‘सरलीकरणमा केन्द्रीत रहेर व्यवस्थापन तहहरु हटाउने क्रममा संगठनका वरिष्ठ भूमिकामा रहेका २० प्रतिशतभन्दा धेरै प्रभावित हुनेछन्,’ कम्पनीले भनेको छ । 

यो समाचार सार्वजनिक भएपछि लन्डनमा बिहीवार बिहानी कारोबारमा ब्याटको शेयर साढे दुई प्रतिशतले बढेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्