arthik abhiyan
ad banner

श्री लिञ्च स्टक मार्केटले एक दिन कारोबार गर्न नपाउने

Sep 12, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले काठमाडौंको नयाँ बानेश्वरस्थित श्री लिञ्च स्टक मार्केट लिमिटेड( ब्रोकर नम्बर ४१) को सदस्यता निलम्बन गरेको छ ।

नेप्से सञ्चालक समितिको भदौ २६ गतेको बैठकले माग गरेको विवरणहरु समयमा उपलब्ध नगराएको भन्दै आइतवार एक दिनका लागि कम्पनीको सदस्यता निलम्बन गरेको हो ।
उक्त कम्पनीको  नयाँ बानेश्वरमा मुख्य कार्यालय र बुटवलमा   शाखा कार्यालय रहेको छ । 

निर्णयसँगै लगानीकर्ताहरुले उक्त कम्पनीबाट एक दिनका लागि कारोबार  गर्न नपाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्