arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भृकुटीमण्डपमा सातौं फर्निचर तथा फर्निसिङ मेला (फोटो फिचर)

Sep 12, 2019  
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौंस्थित भृकुटीमण्डपमा बुधवारदेखि सातौं फर्निचर तथा फर्निसिङ मेला शुरू भएको छ । मेलामा घरायसी एवम् अफिस प्रयोजनका विभिन्न फर्निचरजन्य उत्पादनहरु, सजावटका सामग्री लगायतका १२० ओटा स्टल रहेका छन् । मौलिक कलाकृति कुँदिएका फर्निचरका साथै आधुनिक शैलीका फर्निचर एवम् डेकोरेशनका सामग्रीहरु प्रदर्शनीमा राखिएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ संघद्वारा आयोजित मेलाको उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेका हुन् । मेला आइतवारसम्म चल्नेछ ।

तस्वीरहरु : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्